Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!
Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!
MyBunny.TV – Cheaper Than Cable • Up to
35% Off Yearly Plans • All
NFL, ESPN, PPV Events Included 🐰
Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!
Start Watching Now
[Verse 1]
समय देऊ न आज धेरै कुरा भन्न मन छ
मातिन्छ पेट जब भोको मुखमा अन्न पर्छ
यता यो धर्म भन्छ अन्तर मनले कर्म गर्न
फेरि तेई बाटोमा भेट्छु मान्छे तयार रंग बदल्न
आमाले भन्थिन् बरु गरेर नखा
तर जिन्दगीलाई बुझ्नु अघि मारेर नजा
पात्र हामी नै हो अर्थ हुन्न पढेर कथा
फेरि सँगै अघि बढौं, छैन लडेर मजा
तर आउँदैन नि कहिले पनि भनेर दशा
जीवन निभ्छ दियो जस्तै एकदिन बलेर धाजा
यात्रा चिताबाट खसेको खरानीको झैँ भाछ
थाहा छैन आँफै जाँदै छु म बगेर कता
त्यै नि, खोजिरहेछु शान्ति, आत्माले छैन पाको
देखेर जात्रा यो हाँडीगाउँको कहीं न भाको
धेरै छन् टाढा मतलब थोरैलाई रैछ खाँचो
कमजोरी मुटुमा हो छैन हातमा दही जमाको
बन्द छन् ढोकाहरू, खुलाउने खै त साँचो
आमा छिन् घरमा देवी, तिम्ले पुज्ने दैव कहाँ को
नांगै थ्यो खुट्टा मेरो त्यही माथि म पैदल आको
हो त्यसैले बाँकी छ निकाल्न काँडा पैतालाको
[Hook]
के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
कठोर छ रे सबको मन पाउनौं होला माफी त
कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
कठोर छ रे सबको मन पाउनौं होला माफी त
कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
[Verse 2]
यो कुनै घाउ हैन मलम पट्टी हुने
एउटा याद थियो जसलाई मैले जबर्जस्ती भुले
मर्यो सपना सम्झनामा अगरबत्ती उडे
कारण यही हो मैले नदिनुको वचन धर्ती छुने
अनि समाजको भित्री मैलो चलन पनि बुझें
लेख्दा यिनकै विरुद्धमा मेरा कलम कति टुटे
संगतले बिगार्छ मान्छे कसले भन्यो तिमीलाई मित्र
हिजो हिलोमा बाँचे नि आज कमल बनी फुले
मैले गुमाए धेरै तर माग्दिन म क्षतिपूर्ति
आफ्नालाई सम्हाल्ने मसँग छैन त्यती बुद्धि
दुःखलाई मोठ्न खोज्दा अभागीको ठेकी फुट्नी
समय साथ भाको भए आउने थिइनँ एती मुनि
अस्ताउँछु एकदिन जसरी साँझमा घाम डुब्छ
आमा छिन् खुसी बाँकी दुनियाँको बाल हुन्न
आँखामा सागर बोकी खोज्दै रैछु ताल तुन्न
आशा छ कि आउने छौ म मर्दको दिन हाल बुझ्न
थाकेँ ती काँडाहरु खोप्छ आज फूलले
दुई पैसाको कमाई छैन जिन्दगीको के नै मूल्य
ठूला सपना बुन्ने मेरो हातमा लाग्यो सुन्य
त्यसैले त छोडिसके लक्ष्य बोक्न गगन चुम्ने
पैसा भनिने त्यो कागज माथि यो लोभ र लालच
जसमा छ तिम्रो तागत भोलि भन्छ त्यही नै घातक
भन कसको हेर्दै हासम् देखिराछु सबको नाटक
मुसलधारे पानी जस्तै मनमा परेको छ आपत
[Hook]
के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
कठोर छ रे सबको मन पाउनौं होला माफी त
कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
कठोर छ रे सबको मन पाउनौं होला माफी त
कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
[Verse 3]
आखिर के रैछ जीवन त्यो मृत्यु भन्दा आगाडि
दुई भारी दाउरा सँगै ठडिनेछ समाधि
एक काटी सलाई अनि १०० जना मलामी
माटोमा मिल्छ जवानी घमण्ड तिम्रो खरानी
दुःखलाई समालेर राख्ने ठाउँ न हुँदा
मैले धेरै सोधेँ हाम्रो दिन कैले आउँछ बुवा
भन्नु हुन्थ्यो नगर वार्तालाप, कर्म माथि आस्था राख्
आखिर जसलाई प्यास लाग्छ त्यही धाउँछ कुवा
प्रेमिका, परिवार म कसको डोरी समातु
संगीतलाई नै आँगालु कि भविष्यलाई सम्हालु
हाँस्न खोज्दा भन्छन् यसको पाउ छैन भुइँमा
तर कीलो-कीलो दुःख मनमा जोख्ने छैन तराजु
धाक नै बेसी हुन्छ कुरा हरु साँचो राख्दा
दुखी म छैन छैन आफन्तको घरमा साँचो लाग्दा
समय हेर्न भनी, घडी त लाको हातमा
भाग्यलाई दोष दिए बिरालुले बाटो काट्दा
कसलाई के भन्नु खास्मा समाज नै दोषी हो
चेतनाको खोप दिए किन चाहिन्थ्यो polio
रिसराग घमण्ड हैन ईख राख्न पर्छ तर
सुन कै थाली पाउँदा पनि माग्ने तिमी जोगी हो
खियाउँछु हत्केला म आँफै बन्छु भाग्यमानी
पसिनाले जे आउँछ त्यो लेख्य हुन्न भाग्यमा नि
हिँड्दै छु भोगेका ती घटनाहरुलाई भाग्य मानी
जे लेख्छ भाग्यमा त्यो फिर्ता आउँछ भागे म नि
[Hook]
के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
कठोर छ रे सबको मन पाउनौं होला माफी त
कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ
के गर्नु सम्बोधन यी साईनोहरु बासी छ
कठोर छ रे सबको मन पाउनौं होला माफी त
कोशिश गर्छु सक्दो झन् हुँदैन केई हासिल
म परौ यहाँ कसको भर जो देख्छु त्यही पापी छ